अमेरिका-अमेरिकाको फलोरिडामा भीषण आधीलाई लिएर हाइअलर्ट जारी गरिएको छ । इडालिया नामको आधीको प्रकोपको खतरा बढेपछि समुन्द्र तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई खाली गराउने काम भइरहेको छ । जोखिम क्षेत्रबाट टाढा रहन भनिएको छ । ९ सय परिवारलाई घर छाडेर सुरक्षीत स्थानमा जान भनिएको छ। आधीको लहरको उचाई १५ फिट सम्म हुन सक्ने बताइन्छ । दक्षिण क्यारोलिनामा आपतकाल घोषणा गरिएको छ ।
पावरआउटेज डट युएसए को वेभसाइट अनुसार आज बिहान फलोरिडा र जर्जियाका केही क्षेत्रका ३ लाख ३० हजार मानिसहरु बिजुलीबिहीन भएका छन् । सय माइल प्रतिघन्टाको दरले ठुलो हावा चलीरहेको छ । केही ठाउमा वर्षा समेत भएकाले बाढीको प्रकोप समेत बढने खतरा बढेको छ ।
यो आधीले अमेरिकाको लेबर डेको विकेन्डलाई मध्यनजर राखेर गरिने हवाई यात्रा समेत प्रभावित भएको छ । फलाइट अवेरको तथ्याक अनुसार आज बुधबार बिहान सम्म ९ सय भन्दा बढी हवाई उडान रद्ध भएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected