अमेरिकामा टिपिएस लिएका नेपालीहरुले यसो गर्नुहोस, नत्र टिपिएस गुम्न सक्छ
अमेरिकामा तपाई टिपिएस लिनु भएको छ ? त्यसो हो भने यो सुचना महत्वपुर्ण छ, सुन्नु होला र शेयर गर्नुृ होला । अमेरिकाको नागरिकता तथा आप्रवासन सेवा युएससिआइएसले यसो नगरेमा टिपिएस गुम्न सक्ने बताएको छ ।
अमेरिकामा रहेका नेपालीहरुले लिएको टिपिएसको अवधि जुन २४, २०२५ सम्म रहेको छ । उक्त अवधिमा तपाइहरुले टिपिएस लिनु भएको छ भने त्यसलाई बचाइ राख्न चाहनुहुन्छ भने तपाईले २३ डिसेम्बर सम्म रि रजिष्टे्रेसन गरिसकेको हुनु पर्ने युएससिआइएस ले जनाएको छ । अव तपाई टिपिएस भएकाले ६० दिन भित्र यस गनुृ भएन भने तपाईको टिपिएस नरहन सक्ने भएकाले सचेत रहनुहोला । तपाईहरुले रि रजिष्टे्रेसन गर्नु भएन भने फेरि टिपिएसको म्याद रहेको अवधि सम्मको वर्क परमित पाउन समेत गारो हुनेछ ।
नेपालमा २०१५ मा भुकम्प गएपछि धेरै नेपालीहरुले अमेरिकामा टिपिएसको सुविधा पाएका थिए । यसले झन्डै १५ हजार नेपालीहरुलाई अमेरिकामा कानुनतः काम गर्ने र बस्ने अनुमति प्राप्त भएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected