१५ वर्षका दुई जुम्ल्याह बालकमाथि बलात्कारको आरोपमा महिला पक्राउ, दोषी भए ३० वर्ष जेल
अमेरिकाको भर्जिनियामा एउटा सबैलाई हैरान बनाउने घटना बाहिर आएको छ । न्युयोर्क पोष्टको रिपोर्ट अनुसार ३७ वर्षिया एस्ली वाट्स नामकी महिलाले १५ वर्षका दुई जुम्ल्याह बालक माथि बलात्कार गरेको अभियोग लागेको छ । बलात्कारको आरोपमा प्रहरीले ति आरोपी महिलालाई पक्राउ गरिसकेको छ ।
यी दुई बालक गएको जुलाई महिनादेखि बेपत्ता थिए । प्रहरीले खोजीका क्रममा भर्जिनिया स्थित महिलाको घर खान तलासीका क्रममा दुई जुम्ल्याह बालक डराएको अवस्थामा ति महिलाको बेडरुममा भेटिएका थिए । अदालती दस्ताबेज अनुसार दुई बालक ति आरोपी महिलाकै साथीका छोरा थिए । पक्राउ पर्नु एक वर्ष अगाडी देखि नै यी महिलाले ति दुई बालकलाई आफनो शिकार बनाइरहेकी थिइन । ति बालकका मातापिताले सोधपुक्षका क्रममा आफुहरु गाजा खानका लागी एस्ली बाटसको घर जाने गरेको र सोफामा सुत्ने गरेको बताएका थिए । आरोपी महिलाले गलत तरिकाले छुने र हर्कत गर्ने गरेको प्रहरी सामु बयान दिएका छन् । ति महिलाले ति बालक संग प्रेम भएको १७ वर्ष उमेर हुनका लागी पर्खिरहेको ताकी उनिहरु संग विवाह हुन सकोस ।
बालकका मातापिता तथा आरोपी महिलाकै पतिले उनि विरुद्ध मुद्धा दायर गरेका छन् । दोषी पाएको खण्डमा उनलाई ३० वर्षको जेल सजाय हुन सक्नेछ ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...
-
डोनाल्ड ट्रम्पले २०२४ को ...