अमेरिका-अमेरिकाले छिटो भन्दा छिटो आफना नागरिकलाई यो देश छाडन रेड अल्र्ट जारी गरेको छ ।
अमेरिकामा बुधबार हाइटी मुलुकमा रहेका आफनो नागरिकलाई त्यहा अवस्था ज्यादै खराब रहेकाले जति सक्दो छिटो हाइटी छाडन भनेको हो । अमेरिकी नागरिकको ज्यान खतरामा रहेकाले पनि हाइटी छाडन भनेको हो । हाइटमिा माफिया ग्यागले लुटपाट आतंक र बलात्कार मच्चाएपछि अमेरिकी दुताबासले अधिक सावधानी अपनाउन र जति सक्दो छिटो हाइटी छाडन भनेको छ । हाइटी स्थित अमेरिकी दुताबास पनि अस्थायी रुपमा बन्द गरिएको छ ।
हाइटीमा माफीया ग्यांगका कारण विनासकारी मानवीय संकट उत्पन्न भएको छ । हाइटीबाट २ लाख भन्दा बढी मानिस विस्थापित भइसकेका छन् । त्यस्तै ५२ लाख भन्दा बढी मानिसलाई आर्थिक सहायता चाहिएको छ । हाइटीका आधा आवादी जनसंख्या यो हिंसाको चपेटामा परेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected