अमेरिका-अमेरिकामा बेरोजगारी दर हवात्तै बढेको एउटा तथ्यांक आज सार्वजनिक भएको छ ।
अमेरिकाको श्रम विभागले जारी गरेको तथ्यांकमा बेरोजगारी दर ३ दशमलव ५ प्रतिशतले बढेर ३ दशमलव ८ प्रतिशत पुगेको छ ।
बेरोजगारी दर बढे संगै अमेरिकामा जागीर खोज्नेहरुको संख्या त्यतिकै बढीरहेको छ । हरेक क्षेत्रमा देखिएको मन्दीले अहिले जागीर सजिलै पाउन मुस्किल भएको छ । ? अमेरिकाको श्रम विभागको ताजा तथ्यांक अनुसार अघिल्लो महिना ७ लाख ३६ हजारले अमेरिकामा जागीर खोजेका थिए ।
अमेरिकामा जागीर खानेको तुलनामा जागीर खोज्नेहरुको अनुपात बढेर ६२ दशमलव ८ प्रतिशत भएको छ । यो अनुपात २०२० पछि को उच्च दर भएको बताइन्छ । जबकी २०२० मा कोभिडको असर परेको थियो ।
अमेरिकामा जागीर खानेहरुको तलब सुविधा समेत एकदमै कम अनुपातमा बढेको छ । अमेरिकामा प्रति घन्टाको तलब जुलाई देखि अगष्ट महिना सम्म जम्मा ० दशमलव २ प्रतिशत मात्रै बढेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected