अमेरिकाको बासिंगटन डिसी स्थित नेपाली दुताबासले आजदेखि कोलोराडोमा घुम्ती कन्सुलर सेवा सुरु गरेको छ ।
उक्त घुम्ती कन्सुलर सेवाको डिसी स्थित नेपाली दुताबासका राजदुत श्रीधर खत्रीले एक कार्यक्रमकाम बीच उदघाटन गरेका थिए । राजदुत खत्रीले त्यहा बोल्टरमा नेपालीले संचालन गरेको शेर्पा चाय फेक्ट्रीको निरिक्षण समेत गरेका थिए । राजदुताबासको टोलीले सेप्टेम्बर ५ सम्म कोलोराडोमा नेपाली समुदायका लागी इ पासपोर्ट सेवा देखि बारिसे नामा, एनआरएनए कार्ड, ट्राभल डकुमेन्ट लगायतका सेवाहरु प्रदान गरेको छ ।
नेपाली समुदायका सहज तरिकाले कन्सुलर सेवा प्रदान गर्न दुताबासले नेपाली बसोबास रहेका राज्यहरुमा यो सेवा स)ंचालन गदै आएको छ । दुताबासले यस अघि नै जारी गरेको सुचनाका आधारमा अप्ननमेन्ट लिएकाहरुलाई यो सुविधा प्रदान गर्नेछ । दुताबासले बिहान ९ देखि साझ ५ बजे सम्म यो घुम्ती सेवा उपलब्ध गराउनेछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected