अमेरिका-अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक भारतको यात्रा गदैछन् ।
व्हाइट हाउसका अनुसार राष्ट्रपति बाइडेन आउदो सेप्टेम्बर ७ तारिख भारत जादैछन् ।
जी २० शिखर सम्मेलनमा भाग लिने क्रममा बाइडेन भारत जान लागेका हु न। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग द्धिपक्षीय बैठक समेत गर्नेछन् । उक्त शिखर सम्मेलन सेप्टेम्बर १० तारिख आयोजना हुदैछ । उक्त सम्मेलनमा जलवायु परिवर्तन संग कसरी जुध्ने तथा अन्य मुद्धाहरुमा चर्चा हुने बताइएको छ ।
समाचार अनुसार जी २० को अर्को सम्मेलन २०२६ मा अमेरिकामा प्रस्ताव गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी २० को अध्यक्षता सुम्पदैछन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...