अमेरिका-अमेरिकामा फुटबल खेली रहेका हाइस्कुलका विद्यार्थी माथि गोली वर्षिन थाल्छ । अमेरिकाको लुजियानामा हाइस्कुलको फुटबल म्याच भइरहेको दौरान गोली वर्षिदा एक १६ वर्षिय विद्यार्थीको ज्यान जान पुगेको छ । घटना पोर्ट एलन हाइस्कुलको मैदानमा भइरहेको फुटबल खेलको दौरान गोली वर्षाइएको थियो । घटनामा केही विद्यार्थी घाइते भएको प्रहरीलाई उद्धृत गदै अमेरिकी संचारमाध्यमहरुले समाचारमा जनाएका छन् । प्रहरीले आक्रमणकारी पक्राउ गरेको छैन र खोजी जारी राखेको छ ।
हाइस्कुलमा खेल चलीरहेको बेला कसले र किन यसरी विद्यार्थी माथि गोली बर्षाए अहिले सम्म प्रहरीले जानकारी जुटाउन पाएको छैन । प्रहरीले समेत घटना कसमाथि लक्षित थियो भन्ने बारेमा समेत पत्ता लाग्न नसकेको बताएको छ । यसरी खेल मैदानमा अकस्मात आक्रमण भएपछि हाइस्कुलका छात्रहरु त्रसित बनेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected