अमेरिका-अमेरिकामा २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टिको तर्फबाट उम्मेदवार बनेका पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पपछि यी भारतीय मुलका ३७ वर्षिय युवा विवेक रामास्वामीको चर्चा अमेरिकी मिडियामा भइरहेको छ । ट्रम्प, बाइडेन पछि तेस्रो राष्ट्रपति उम्मेदवारको चर्चामा यिनको नाम आएको छ ।
भारतीय मुलका विवेकले गएको २१ फेब्रुअरीमा फक्स न्युजको एउटा शोमा अमेरिकी राष्ट्रपति पदको दौडका लागी आफनो उम्मेदवारी घोषणा गरेका थिए ।
त्यसपति रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिको दौडमा लम्केका उनी सहत आठ उम्मेदवारको लाइभ टिभीको डिबेटबाट झनै चर्चामा आए उनी । उनले जलवायु परिवर्तनको विषयमा दिएको जवाफले सबैको ध्यान खिचेको थियो । त्यस्तै उनले ट्रम्पलाई २१ औ शताब्दीको सर्वश्रेष्ठ राष्ट्रपति बताएका थिए । यसपछि ट्रम्पले समेत उनको तारिफ गदै स्मार्ट व्यक्तिको रुपमा प्रशसंसा गरेका थिए । अमेरिकाका मुलधारे मिडियाहरुले समेत उनलाई हाइलट गरेर समाचार बनाएका थिए ।
विवेक रामश्वामी टेक सेक्टरका ठुलो बिजनेस म्यान हुन । उनको कुल सम्पत्ति ९५० मिलियन डलर रहेको छ ।

उनका मातापिता भारतको केरलाबाट अमेरिका आएका हुन । अमेरिकामै विवेकको जन्म भएको हो । उनका मातापिता रित्तै भारतबाट आएका थिए । ओहायो निवासी रामस्वामी हार्वड विश्वविद्यालयबाट जीव विज्ञानमा डिग्री गरेका थिए । २०१४ मा उनले आफनै बायोटेक कम्पनीको स्थापना गरेका थिए ।
विवेक रामास्वामीले अहिले सम्म अमेरिकाको कुनै पनि राजनितिक चुनाव लडेका थिएनन । त्यस्तै २००४ देखि २०२० सम्म कहिल्यै पनि राष्ट्रपति निर्वाचनमा मतदान समेत गरेका छैनन ।

वोक किताबका लेखक, करोडौ सम्पत्तिका मालिक र उद्यमी रामास्वामी भलै ट्रम्पले राष्ट्रपति उम्मेदवार भएर जिते भने उनी उपराष्ट्रपति बन्ने निश्चित भएको विश्लेषकहरु बताउछन् । यदि ट्रम्प राष्ट्रपति उम्मेदवार बन्न नपाएमा विवेक रामास्वामी रिपब्लिकन पार्टिको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्ने पहिलो रोजाइमा परेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected