अमेरिका-यदि अमेरिकामा तपाईको मेडिकल इन्सुरेन्स छैन भने अस्पतालमा बच्चा जन्माउन खर्च कति मंहगो पर्न आउछ । एक जना चर्चित इन्स्ट्रग्राम अमेरिकी सेलिब्रेटी सराय जोन्सले अस्पतालमा बच्चा जन्माउला अस्पतालमा लिएको सुविधा देखि औषधी खर्चको सबै विवरण प्रस्तुत गरेकी छिन् ।

उनले हालै बच्चा जन्माएकी थिइन अस्पतालमा लागेको खर्चको हिसाबले सबैलाई अचम्मीत बनाउनछ । इन्सुरेन्स भएन भने अस्पतालको बिलले ढाड नै सेकाउने रहेछ ।
उनले बिलको सबै विवरण यसरी प्रस्तुती गरेकी छ्नि । लेबर रुम तथा डेलिभरी रुमको चार्ज १४ हजार ९सय ३८ डलर, प्राइभेट अर्को रुमको १९ हजार डलर, एनेस्थेसियाका लागी १ हजार ७ सय , डायोगोनोसिसका लागी चार्ज १ हजार १ सय डलर, ल्याबको चार्ज ८ सय ६२ डलर, इमर्जेन्सी रुमको चार्ज ४११ डलर, त्यस्तै एनेसथेसियाको अर्को बिल थियो १ हजार ३५६ डलर, त्यस्तै भेजिनल डेलिभरी र पोस्टपार्टम केयरको चार्ज ६ हजार ७ सय ९२ डलर रहेको छ । त्यस्तै फार्मेसी लगायत अन्य खर्च जोडेर उनको ४० हजार डलर आएको थियो । तर उनको इन्सुरेन्स भएकाले २ हजार २ सय ५ डलर मात्रै तिरेको विवरण प्रस्तुत गरेकी छिन् ।

अमेरिकामा मेडिकल इन्सुरेन्स भएन भने बिलले यसरी टाढ सेकाउने रहेछ भन्ने कुरा देखाएकी छिन् । उनी अमेरिकामा ब्युटीटिप्स र बच्चा बच्चीको जानकारी दिने चर्चित सामाजिक संजालकी सेलिब्रटी हुन । उनको यो जानकारीलाई ९ मिलिनयन भन्दा बढीले हेरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected