अमेरिका-जम्मा जम्मी ५८ जना जनसंख्या भएको अमेरिकाको पश्चिम टेक्ससको लभिंग काउन्टीर अमेरिकाको सबैभन्दा कम संख्या भएको राज्यको रुपमा चिनिन्छ । अमेरिकाको यो अनौठो सहरको गजबको कहानी यस्तो छ ।
, जहा ५८ जना मात्रै बस्छन् , एउटा क्याफे छ , चर्च छ र बढदो तेल उद्योगको कारण यहाको प्रतिव्यक्ति आम्दानी उच्च रहेको छ । प्रति व्यक्ति वार्षिक आम्दानी १ लाख १५ हजार डलर भन्दा माथि छ । थोरै मान्छे बस्ने यो काउन्टीको मेन्टन सहरमा रहेका तेल उद्योगका कारण यो यहाका मानिस सबका सब करोडपति छन् ।
हालै क्यान्ससका फिल्म निमार्ता जोन ब्याइजले समेत न्युमेक्सिको टेक्सस सिमा नजिकै रहेको यो सहरको भ्रमण गरेर युटयुबका एउटा भिडियो कथा नै तयार पारेका छन् ।
यो काउन्टीमा १९४० मा २८५ जना को जनसंख्या थियो र त्यसपछि भने घटदै गएको डेली मेलको रिपोर्टमा उल्लेख छ । विश्व जनसंख्याको रिभियुमा अहिले यो काउन्टीमा ५८ जना मात्रै जनसंख्या भएको उल्लेख छ । १९६७ मा यो सहरमा ४२ जना बस्थे र पानीको सुविधा समेत थिएन । अन्य सुविधाबाट अझै पनि सहर विमुख छ । अघिल्लो वर्ष मात्रै यहा एउटा क्याफे खुलेको थियो । यहा केही घर खण्डहर भएका छन् भने केही राम्रो अवस्थामा छन् ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected