अमेरिका-अमेरिकाका पसलहरुबाट पछिल्लो चोरीका घटनाहरु निकै बढीरहेका छन् ।
अमेरिकाका रिटेल सपहरुमा गिरोहरुद्धारा नै चोरीका घटना भइरहेको समाचार बाहिर आएको छ ।
खास गरि बालम मार्ट,टारगेट जस्ता ठुला अमेरिकी रिटेलर्स देखि औषधी बढी पाइने सिबियस तथा वालग्रिन समेत कयौ रिटेल आउटलेटसका पसलहरुमा हुने चोरी तथा हिंसालाई लिएर चिन्ता व्यक्त गरिएको छ । जसको कारण यी पसलहरुको आम्दानीमा समेत असर परिरहेको बताइन्छ ।
टार्गेटका सिइओ ब्रायन कार्नवेलले यो वर्षको सुरुवातको पाच महिनामा टार्गेटमा चोरीको घटना १२० प्रतिशतले बृद्धि भएको बताएका छन् । अमेरिकामा २०२१ म यी पसलहरुबाट ९४ दशमलव ५ डलरको नोक्सान भएको छ । यसको प्रमुख कारण पसलहरुमा भएको चोरी नै हो । अधिकांशले कोरोना महामारी पछि चोरीका यसप्रकारका घटनाहरु अधिक बढेका हुन । पसलहरुमा यसरी बढदो चोरी तथा कम आम्दानी हुदाको असर सर्वसाधारणहरुले मंहगी खेप्नु परिरहेको एक रिपोर्टमा उल्लेख छ ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected