अमेरिका-यदि राती तपाई आइफोन बेड नजिकै रातभर चार्जमा राखेर सुत्ने गर्नु भएको छ भने कृपया सचेत रहनु होला ।
एप्पल कम्पनीले आफना आइफोन प्रयोगकर्तालाई रातभर आइफोन चार्ज गर्दा हुने संभावित खतरालाई लिएर सचेत हुन आग्रह गरेको हो ।
एप्पलले आइफोन चार्ज गदै गरेर संगै नसुत्न चेतावनी दिएको छ । यसरी आइफोन चार्ज गरेर संगै सुत्दा आगो लाग्न सक्ने , विजुलीको झटका लाग्न सक्ने, चोट लाग्न सक्ने, आइफोन तथा अन्य सम्पत्तिको नास हुन सक्ने बताएको छ ।थर्ड पार्टी चार्जको प्रयोगले झनै आइफोन डिभाइसमा आगो लाग्न सक्नेछ ।

किनकी केही सस्तो चार्जर प्रयोग गर्दा पनि एप्पलको सुरक्षालाई पुरा गर्न नसक्ने बताइएको छ ।
यसकारण यस्ता जोखिमबाट बच्न आइफोनका लागी निर्मित लेबल खालको चार्जर र केबलको प्रयोग गर्न एप्पल कम्पनीले सुल्झाएको छ । यसको अलवा आइफोन पानी वा कुनै तरल पदार्थको नजिकै राखेर चार्ज नगर्न भन्दै यसले मोवाइल डिभाइस र चार्जकै नोक्सानी हुने बताइएको छ ।
एप्पले आइफोन प्रयोगकर्तालाई चार्जको समय उपकरण संगै नसुत्न सबैलाई विनम्र अनुरोध गरेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected