उडीरहेकेा जहाज भित्र यात्रुलाई पखाला लागेपछि जहाज फर्काईयेा
अमेरिका-अमेरिकाको एटलान्टाबाट बार्सिलोना (स्पेन) जादै गरेको डेल्टा एयरको एउटा फलाइटमा एक यात्रुलाई गंभीर डायरिया भएपछि पाइलटले उडीसकेको विमानलाई युटर्न गर्न बाध्य भएका छन् । विमानलाई आपतकालिन अवस्थामा अवतरण गराउनु परेको थियो ।
आठ धन्टाको दुरीको यात्रामा जहाजले धावनमार्ग छाडेर २ घन्टाको दुरी पार गरिसकेको थियो । ति पीडित यात्रुले एटलान्टा फर्किन चाहेपछि पाइलट जहाजलाई एटलान्टा नै फर्काएका थिए । तर विमारी यात्रुको पहिचान खुलेको छैन । तत पश्चात सबै यात्रु र चालका दलका सदस्यहरुलाई अर्को फलाइटमा पठाईकएको थियो । एटलान्टा फर्किएपछि विमानलाई पुर्ण रुपमा सफा गरिएको थियो ।
विमान फर्काएर सफाई गरेपछि फेरि विमान निर्धारित समय भन्दा आठ घन्टा उडानमा ढिलाई भएको थियो ।
डेल्टा एयरलायन्सले एक मेडिकल समस्याले यस्तो भएको भन्दै स्पष्टीकरण दिएको छ ।डेल्टाले आफना यात्रुरुमा पर्न गएको यो कठिनाईमा श्रमा मागेको छ
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...