अमेरिका-यदि तपाईले अमेरिकामा असाइलम फाइल गर्नु भएको छ ? भने यो तपाईहरुका लागी महत्वपुर्ण खबर आएको छ । कृपया भिडियो ध्यानपुर्वक सुन्न होला र साथीहरुलाई पनि जानकारी पुराउन शेयर गनुृहोला । अमेरिकाको नागरिकता तथा आप्रवासन सेवा युएसिआइएसले यो महत्वपुर्ण सुचना दिएको छ ।
यदि तपाईले अमेरिकामा शरणका लागी असाइलम फाइल गर्नुृ भएको थियो र तपाईको आवेदन १५० दिन भन्दा बढी समय देखि पेन्डिग अवस्थामा रहेको छ भने तपाईले अमेरिकामा कानुनी रुपमा काम गर्ने अनुमतिका लागी आवेदन दिन योग्य हुनुहुनेछ ।
यसका लागी तपाई युएससिआइएसको अफिसियल अकाउन्टमा गएर I-765आवेदन फाइल गर्न सक्नुहुनेछ । यदि तपाईको आवेदन स्वीकृत भएमा तपाईले आवेदनमा उपलब्ध गराउनु भएको ठेगानामा तपाईले अमेरिकामा काम गर्न अनुमति पाएको पत्र प्राप्त गर्न सक्नुहुनेछ । अनलाइनको अलवा तपाईले युएससिआइएसमा कागजी आवेदन समेत पठाउन सक्नुहुनेछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected