अमेरिका-अमेरिकाको विदेश विभागको स्टेट डिभार्टमेन्टले २०२५ का लागी डिभी भर्ने मिति सार्वजनिक गरेको छ ।
यही अक्टोबर ४ तारिकका दिन डिभी लोटरीको वेभसाइटमा गएर डिभी भर्न सकिने बताइएको छ ।
हरेक वर्ष डिभी भर्ने मिति अक्टोबर महिनाको पहिलो साता हुने गरेको छ । तर तारिक भने फरक फरक हुने गर्छ । अघिल्ल्लो वर्ष डिभी विजेता नभएकाहरु पनि यो वर्षका लागी डिभी भर्न योग्य हुने अमेरिकाको स्टेट डिपार्टमेन्टले जनाएको छ ।

डिभी भर्नका लागी तपाईहरुले सक्कली डकुमेन्ट तथा मापदण्ड पुरा गरेको फोटो र शैक्षिक योग्यता तयारी अवस्था राख्दै गनुृहोला । अब डिभी भर्नका आउने मिति एक महिना पनि बाकी छैन । डिभी परेन भनेर हरेश नखानु होला, फेरि यो पटक भर्दा तपाईको भाग्य चम्कन पनि सक्छ । अमेरिकाले हरेक वर्ष झन्डै चार हजारको हाराहारीमा नेपालीहरुलाई डिभी भिसा मार्फत अमेरिका ल्याउने गरेको छ

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected