मनको
तीन तह भित्र
तिमी बसेकी छौ
बिरानो देखिए पनि
तिमी आफ्नै भएकी छौ
तिमी म सगैं हुनुपर्छ
अहँ, त्यस्तो सोच छैन मेरो
भौतिक भन्दा धेरै पर
तिमीसँग अर्कै
दिब्य सम्बन्ध छ मेरो
यो पनि जिन्दगीको
एउटा मोड रहेछ
सांसारिक बन्धन मुक्त
यहाँ
प्रेमको अर्कै संसार रहेछ
–डालस, टेक्सस
सेप्टेम्बर ८, २०२३
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...