टेक्ससको अर्भिगमा आशिष भट्टको निधन, शब नेपाल पठाउन सहयोग आव्हान
![](https://usnepalpost.com/wp-content/uploads/2023/09/IMG_5744.jpeg)
टेक्सस-अमेरिकाको टेक्ससको ड्यालसमा एउटा नेपाली समाजमा दुख्द घटना घटन पुगेको छ ।
ड्यालसको अर्भिगमा बस्दै आएका २७ वर्षिय नेपाली युवा आसिष भट्टलाई हामीले गुमाउन पुगेका छौ । उनलाई आफनै अपार्टमेन्टमा मृत अवस्थामा प्रहरीले फेला पारेको थियो ।
प्रहरीले अहिले उनको शब पोष्टमार्टमका लागी लगेको छ । के कारणले उनले जीवन गुमाउन पुगेको त्यो बारेमा प्रहरीले केही खुलाएको छैन । काठमान्डौको धर्मस्थली घर भएका आशिस २०१६ मा डिभी परेर अमेरिका आएका थिए । नेपालमा बुबा आमा समेत बिरामी हुनुहुन्छ । झनै छोराको यो दुखको खबरले भावविह्वल बनाएको छ । आशिष परिवारको एक्ला छोरा थिए ।
बुबा मुटुको बिरामी भएकाले आशिष अर्को महिना बुबाआमा भेटन नेपाली जाने तयारीमा समेत रहेको उनका नजिकका आफन्त सुजन भट्टले युएसनेपाल पोष्टलाई जानकारी दिनु भएको छ ।
बिरामी अवस्थामा रहनु भएका बाबा आमाको दाहसंस्कार अघि छोराको अन्तिम पटक मुख हेर्ने इच्छा पुराउन तथा शब नेपाल पठाउन निकै झन्झटिलो र खर्चिलो प्रकृया छ । आशिषको शब नेपाल पठाउनका लागी सहयोग गरिदिन आफन्त सृजन भट्टले गोफन्त मार्फत सबैलाई सहयोगको आग्रह गर्नु भएकेा छ । नेपाली समाज टेक्ससले यसकेा व्यवस्थापन गरिदिएकेा छ ।
तलकेा लिंकमा गएर सहयेाग गर्न सक्नु हुनेछ ।