अमेरिका-अमेरिकाका पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको मुस्किल झन बढीरहेको छ ।
अब डोनाल्ड ट्रम्पलाई २०२४ को राष्ट्रपति चुनावमा उम्मेदवार बन्न र भोट हाल्ने दुबै कार्यमा रोक लगाउन मुद्धा दायर भएको छ । उनी माथि अमेरिकाको कोलोराडोस्थित क्रियुद्धारा मुद्धा दायर भएको हो । उनी माथि संवैधानिक पदमा रहेर आफनो सपथको उल्लघन गरेको आरोप छ ।
अमेरिकाको संविधानमा १४ औ संशोधनमा धारा ३मा सार्वजनिक पद समाल्नबाट रोक्छ जसले संविधानको बचाउ गर्ने सपथ खाएर पनि त्यसको विरुद्धमा उर्तिन्छ ।
ट्रम्प माथि २०२० मा जर्जियाको चुनावमा धाधली आरोप देखि २०२१ को जेनवरी ६ मा भएको क्यापिटल हिंसालाई उक्साएको लगायतका अभियोग छ ।
राष्ट्रपति जो बाइडेनले चुनाव जितेपछि नतिजा उल्टाउन खोजेको षडयन्त्र गरेको अभियोगमा उनी माथि गएको मार्चमा बासिंगटनमा मुद्धा चलाइएको थियो । ट्रम्पले गएको अगष्ट २५ मा चुनावमा धोखाधडी मामलामा जर्जियाको फुल्टन काउन्टी जेलमा सरेन्डर पनि गरेका थिए ।

 

 

 

 

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected