अमेरिका-नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आइतबार टेक्ससको युलेसमा सधैका लागी अमेरिका छाडेर जान लाग्नु भएका पत्रकार तारा बराल र उहाको जीवनसंगीनी साहित्यकार बिटु केसीलाई विदाई कार्यक्रम आयोजना गर्यो ।
उहांहरुलाई नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारी र महासचिव बाबुराम दाहालले मायाको चिनो प्रदान गरेर विदाई गर्नु भएको थियो ।

कार्यक्रममा पत्रकार संजय घिमिरे, सुजन पण्डित नेजाका अध्यक्ष सुरज भण्डारी, कान्तिपुरका संस्थापक सम्पादक योगेश उपाध्याय,पुर्व अध्यक्ष विकाशराज न्यौपाने,भण्डारी, महासचिव बाबुराम दाहाल लगायतले नेपाल बसाईको सुख्द भविष्यको कामना गरेका थिए
उक्त कार्यक्रममा नेपाल छाडेर जानु लाग्नु भएका बराल र केसीले धेरै पहिला देखिको सोच नेपाल फर्किने रहे पनि अहिले आएर अन्तिम टुंगो लागेको बताए । उक्त कार्यक्रममा बोल्दा बिटु केसी निकै भावुक पनि भएकी थिइन । उनले सुरुमा अमेरिका रोएर आएको र फर्केर नेपाल गएको र तेस्रो पटकमा बल्ल अमेरिका बस्ने परिस्थिति सृजना भएको बिगत सुनाउदा भाबुक बनेकी थिइन । पत्रकार बरालले अब बाकी जीवन नेपालका लागी केही गर्ने बताए ।
बराल र केसी दम्पत्ति टेक्ससको हयुस्टन सहरमा बिगत वर्षदेखि बसोबास गदै आउनु भएको थियो ।
उहांहरु २००४ मा अमेरिका आउनु भएको थियो । घर गाडी, व्यवसाय र अमेरिकी मन छाडेर उहाहरु सधैका लागी नेपाल जान लाग्नु भएको हो ।
तारा बराल अमेरिका आउनु अघि नेपालमा गोरखापत्र दैनिकको प्रधानसम्पादक तथा नेपाल टेलिभिजनको अध्यक्ष भएर समेत काम गरिसक्नु भएको थियो ।

अमेरिका आएर पनि उहा पत्रकारिता र लेखनमा सक्रिय हुनुहुन्थयो । उता बिटु केसी पनि समसामयकि विषयमा लेखन तथा साहित्यमा कृयाशिल रहनु भएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected