आजैकेा दिन २२ वर्ष अघि अमेरिकामा आतंककारी हमला भएकेा कालेा दिन
अमेरिका-आजकै दिन अमेरिकामा २२ वर्ष पहिला आतंककारी हमला भएको थियो । जुन हमलामा ३ हजार अमेरिकीले जीवन गुमाउन पुगेका थिए । विश्वकै शक्तिशाली देश अमेरिकामा भएको यो घटनाले विश्वलाई नै हल्लाइदिएको थियो । अमेरिकाको इतिहासमै यो भयानक हमला मानिन्छ ,
चार वटा विमान हाइजेक गरेर अमेरिकामा हमला भएको थियो । यो घटनापछि हरेक वर्ष अमेरिकामा त्यसलाई कालो दिनको रुपमा लिइदै श्रद्धान्जली कार्यक्रम आयोजना गरिदै आएको छ । आज पनि अमेरिका भर त्यो दिनमा ज्यान गुमाएहरुलाई स्मरण गदै श्रद्धान्जली कार्यक्रम गरिएको छ ।
राष्ट्रपति जो बाइडेन पनि एक औपाचारिक कार्यक्रममा सहभागी भएर श्रद्धान्जली अर्पण गर्नेछन् । खास गरि आज न्युयोर्कको बल्ड टे्रड सेन्टर, पेन्टागन, पेन्सिलभेनिया देखि अलास्का र अन्य स्थानहरुमा ज्यान गुमाएकाहरुको स्मरण गदै श्रद्धान्जली कार्यक्रम आयोजना गरिएका छन् । उक्त आक्रमणमा मारिएका एक हजार मानिसको शबको अझै पनि सनाखन हुन सकेको छैन । रिपोर्ट अनुसार ११ सेप्टेम्बर २००१ म मारिएकाहरुको आखिरी पहिचान २०१९ मा गरिएको थियो । तर पनि अझै १ हजार जनाको पहिचान हुन सकेको छैन ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...