अमेरिका-विमान उडानका दौरान पाइलट बाहेक कसैलाई पनि ककपिटमा प्रवेश गर्न सख्त मनाइ छ ।
तर अमेरिकाको शिकागोबाट लस एन्जल्सको जादै गरको युनाएटेड एयरलायन्सको फलाइटमा एक यात्रुलाई ककपिट प्रवेश तथा विमानको एगजिट डोर खोलेको आरोपमा पक्राउ गरिएको छ ।
विमान शिकागोको अन्तराष्ट्रिय विमानस्थलबाट लसएन्जल्स तर्फ उडने तयारी गरिरहेको बेला ति यात्रु आफनो सिटबाट उठेर विमानको इक्जीट डोर खोलेर ककपिटमा प्रवेश गर्न खोजेका थिए । तर उनलाई त्यो गर्नबाट रोकिएको थियो ।
यो घटनाका यात्रुको पहिचान भने खुलाइएको छैन । उनि माथि के आरोपमा मुद्धा अघि बढने हो त्यो खुलेको छैन । पाइलट बाहेक अरु कसैलाई ककपिटमा प्रवेशको अनुमति छैन ।
केही महिनाअघिपनि दुबईबाट दिल्ली उडेको विमानमा एक महिलालाई ककपिट प्रवेश गर्न अनुमति दिएको आरोपमा पाइलटलाई तीन महिनाका लागी निलम्बीत गरिएको थियो ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...