टेक्ससको अर्भिगमा आशिषको मुत्यु भएको पाच दिनपछि मात्रै प्रहरीले पायो खबर
अमेरिका-टेक्ससको अर्भिंगमा आफनै कोठामा मृत भेटिएका आशिष भट्टको शब मुत्यु भएको पाच दिन पछि मात्रै प्रहरीलाई थाहा भयो । उनले एक्लै कोठामा बस्दै आएको र नेपाली समुदाय संग सम्पर्कमा नभएका कारण उनको मुत्युको घटना यसरी पाच दिन सम्म गुमनाम हुन पुग्यो ।
आशिषको स्पेनिस साथी मार्फत बल्ल नेपाली समाज टेक्ससलाई यो सुचना प्राप्त भयो । गएको सेप्टेम्बर ११ तारिख मात्रै नेपाली समाज टेक्ससका विजय भुषाल, आशिषका आफन्त सृजन भट्ट अर्भिंग पुलिस डिपार्टमेन्टमा पुगेपछि बल्ल पुलिसले बल्ल जानकारी दियो । आशिषको शब नेपाल पठाउनका लागी सृजन भट्टको पहल र नेपाली समाज टेक्ससको व्यवस्थापनामा गोफन्ड खोलियो ।
हिजो सोमबार मात्रै आशिषको शब ड्यालसको फिनरल होममा ल्याइएको छ । तर आशिषको शब नेपाल पठाउने अवस्था नभएकोल फिनरल होमका निर्देशकले बताएको आशिष मुत्यु प्रकरणको समन्वय गरिरहेका बिजय भुषालले युएसनेपाल पोष्टलाई बताए । शब नेपाल पठाउने अवस्था नभएपछि आशिषका नेपालमा रहेका परिवार र अष्टेलियामा रहेका परिवारका सदस्यहरुको अनुरोधमा ड्यालसमै अन्तेष्टि गरिने भएको छ । अहिले उनको नाममा उठेको १५ हजार ६ सय ८१ डलर उनको अन्तेष्टि र बाकी रहेको रकम परिवारजनलाई हस्तान्तरण गरिने भएको छ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...