अमेरिकाका केही राज्यमा जमीन भासिएर भ्वाग पर्न थालेपछी पर्यावरणीय संकट
अमेरिका-अमेरिकाका केही हिस्सामा जमीन भासिएर भ्वांग पर्न थालेपछि बैज्ञानिकहरुले एउटा भयानक पर्यावरणीय संकट निम्त्न थालेको भन्दै चेतावनी दिएका छन् ।वैज्ञािनकहरुले खास गरि यी क्षेत्रमा जमीन भित्रको पानी पम्पिगले यो पर्यावणीय संकट आएको बताएका छन् ।
यो खास गरि एरिजोना, युटह, क्यालिफोर्निया लगायत केही राज्यका हिस्साहरुमा देखिएको हो ।
एरिजोनाको जियोलोजिकल सर्भेमा यस सम्बन्धी अध्ययन गदै आएका जोसेफ कुकले इन्साइडर पत्रिकाको बयानमा जब जमीनको प्राकृतिक पानीको स्रोतको भु जल पम्पिग हुन्छ जसको कारण जमीन कमजोर भइ भासिन थाल्छ भनेका छन्
अमेरिकाको एरिजोनामा २०२२ मा पर्यावरणीय समस्याको निगरानी गदै गरेको एरिजोना भुवैज्ञानिक सर्वेक्षण संस्थाले अहिले यी क्षेत्रमा झन्डै १६९ वटा जमीन भासिएको भ्वांग फेला परेका छन् ।
न्युयोर्क टाइम्सको एउटा रिपोर्टमा यो एउटा राष्ट्रिय संकटको संकेत भएको बताएको छ ।
न्युयोर्क टाइम्सको रिपोर्टमा अमेरिकामा कुल ९० प्रतिशत जमीन मुनीको पानीबाट जलआपुर्ति हुने गरेको छ । जमीन मुनिबाट पंपिंग तेज गतिमा भइरहेका कारण यो छिटो समाप्त पनि भइरहेको छ । समाप्त हुदै गएको भुजलले भ्वाग पर्ने क्रम यसरी बढेको छ । जमीन भित्र भुजल बन्न हजारौ लाखौ साल पनि लाग्न सक्ने भएकाले जोखिम बढेको वैज्ञानिकहरुले बताएका छन् ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















