अमेरिका-अमेरिकामा गएको जेनवरीमा प्रहरीको गाडीको ठक्करबाट भारतीय मुलकी २३ वर्षिया युवति जानवी कन्डुलाको ज्यान गएको थियो । अहिले आएर ति युवतिको मुत्युमा प्रहरी अधिकारी डेनियल आडररले हासेको र मजाक उडाएको भिडियो बाहिरिएपछि ति प्रहरी अधिकारी माथि सियाटल प्रहरी विभागले अनुसन्धान सुरु गरेको छ । जानवीको २३ जेनवरीमा थमस स्ट्रीटमा हिडीरहेको बेला प्रहरीको गाडीले उनलाई ठक्कर दिएछि ज्यान गएको थियो ।

यो भिडियो प्रहरी अधिकारीको बडी क्यामेरामा रेकर्ड भएको थियो । उनी माथी यति जोडले ठक्कर दिइएको थियो की उनी धेरै टाढा गएर लडेको संचामाध्यमहरुले उल्लेख गरेका छन् ।
क्यामेरामा रेकर्ड भएको भिडियोमा उनले अर्का प्रहरी अधिकारी संग कुराकानी गदै भन्दै थिए उनी मरि सकिन । उनको जीवनको कुनै मुल्य थिएन । उनी हास्दै र मजाक उडाउलै भनेका थिए, उनी सामान्य मानिस हुन । ११ हजारको चेक बनाइदिनु । ति प्रहरी अधिकारीले तिब्र गतिमा सवारी चलाएको समेत खुलेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected