अमेरिका-क्यालिफोर्नियामा म्याच भएकेो १ दशमलव ८ बिलियन राशीको पावरबल ज्याकपट विजेताले अहिले सम्म उक्त रकम दाबी नगरेको बताइएको छ ।
पावरबलको ६ वटै नक्बर म्याच भएको उक्त ज्याकपट कसैले दाबी अहिलेसम्म गरेको छैन । जुन टिकट लस एन्जल्सको डाउनटाउनमा रहेको एउटा मिनि मार्केटबाट बिक्री भएको थियो । जुन ज्याकपट गएको जुलाई १९ मा खोलिएको थियो । एक महिला उक्त लोटरी दाबी गदै उक्त मार्केट पुगेको भिडियो सार्वजनिक भए पनि त्यो महिला विजेता नभएको बताइएको छ ।
पावर बल हरेक हप्ताको सोमबार, बुधबार र शनिवार खोलिने गर्छ ।
त्यस्तै गएको अगष्ट ८ मा फलोरिडामा म्याच भएको १ दशमलव ६ सय २ मिलियन राशीको मेघामिलियन्स पनि कसैले दाबी नगरेको लोटरी सेन्टरले जनाएको छ । मेघामिलिन्स लोटरी हरेक हप्ताको मंगलबार र शुक्रबार खोलिने गर्छ ।
बिजेताले १८० दिन मित्रमा दाबी नगरेमा त्यसपछि प्राप्त गर्ने छैनन । जस अनुसार उनिहरुले अब फ्रेबुअरी ४ २०२४ दाबी गरिसक्नुपर्नेछ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...