अमेरिकामा भारतीय छात्राको मुत्युमा हास्ने र मजाक उडाउने प्रहरी विरुद्ध कार्वाहीको माग
अमेरिका-अमेरिकाको वासिंगटनको सियाटलमा भारतीय छात्राको मुत्युमा हास्ने र मजाक उडाउने प्रहरी अधिकारी विरुद्ध भारतले कडा कदम अख्तियार गरेको छ । २३ वर्षिया भारतीय छात्रा जान्वी कन्डुलाको मुत्य प्रकरणमा भारतले कडा कार्वाहीको माग गरेको छ । भारतले ति प्रहरी अधिकारीको शरीरमा भएको बडी क्यामेरामा कैद भएको भिडियो प्रति कडा आपत्ती जनाएको छ ।
अमेरिकाको सान्फ्रान्सिसको स्थित भारतीय महावाणिज्य दुताबासले चौतर्फी यसको निन्दा भएपछि उक्त घटना सबैलाई चिन्तित बनाएको भन्दै आपत्ती जनाएको हो । दुताबासले यो दुखद घटनामा सामेल हुने प्रहरी अधिकारी माथि गहन अनुसन्धान र कार्वाहीका लागी सियाटल प्रहरी विभाग समक्ष आवाज उठाएको छ ।
२३ वर्षकी जान्वी साउथ लेक युनियनमा नर्थ इस्टन युनिभर्सिटीमा माष्टर डिग्री पढदै थिइन , गएको जेनवरी २३ मा प्रहरीको गाडीले ठक्कर दिएपछि उनको ज्यान गएको थियो ।
घटनामा सामेल प्रहरी डेनियनले बिर्सेर आफनो बडी क्यामेरा चालु राखेपछि उनले बोलेको सबै हर्कत रेकर्ड भएको थियो । उनले उनको मुत्युलाई सामान्य लिदै हासेको र मजाक गरेको भिडियो भाइरल भएपछि सर्वत्र यसको विरोध भएको छ र उनलाई कडा कार्वाहीको माग गरिएको छ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...