अमेरिकी दुताबासको काठमान्डौको भिसा अपोइन्टमेन्ट सम्बन्धी यो जरुरी सुचना
अमेरिका-काठमान्डौ स्थित अमेरिकी दुताबासले भिसा अन्तवार्ताका लागी अपोइन्टमेन्ट बुक गर्न यो सुचना जारी गरेको छ ।
तपाइले तिर्नु भएको आवेदन शुल्कको मिति सकिनु अगाडी नै भिसा अन्तवार्ताको सेडुल बुक गर्न दुताबासले आज एक सुचना जारी गरेको छ ।
यदि तपाईले आफनो भिसा आवेदन शुल्क अटोबर १ २०२२ भन्दा पहिला तिर्नु भएको थियो तर अझै अन्तर्वाताका लागी अपोइन्टमेन्ट लिनु भएको छैन भने यही सेप्टेम्बर ३०, २०२३ भन्दा पहिले आफनो अन्तवार्ताका लागी अपोइन्टमेन्टहरु बुक गरि फेरि भिसा शुल्क तिर्नबाट बच्नु होला । यो गर्नु भएन भने तपाईले फेरि भिसा शुल्क तिर्नुपर्ने छ ।
यो पनि याद राख्नुहोस आवेदकहरुले एमआरभी शुल्क तिरेको ३६५ दिन भित्र अन्तवार्ताका लागी समय छानिसक्नु पर्ने वा अन्तवार्ता छुटका लागी आवेदन पेश गर्नुपर्ने हुन्न्छ ।
कोभिड १९ महामारीको समय निश्चित समयका लागी थप गरिएको थियो तर अव थप समय सेप्टेम्बर ३० २०२३ मा सकिने अमेरिकी दुताबासले जनाएको छ
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















