अमेरिकाको जेलबाट फरार यी खतरनाक कैदी समाउन यत्रो फोर्स
अमेरिका-अमेरिकाको त्यो पनि जेलबाट भाग्न कुनै पनि अपराधीलाई सजिलो काम हैन ।
तर एक जना ब्राजिल मुलका खतरनाक अपराधी डेनेलो केभलकन्टे ले पनि अमेरिकी जेलबाट भागेर अमेरिकी प्रहरीको निन्द्रा भगाईदियो ।
ति खुखार हत्याका अपराधी चेस्ट काउन्टी जेलबाट फरार भएका उनलाई समाउन अमेरिकाको विशेष स्पेशल फोर्स, प्रहरीको ड्रोन, हेलिकप्टर तथा प्रहरीको कुकुर लगाउनु परयो । यो टिमले नै उनलाई बुधबार पक्राउ गर्न सफल भयो । पक्राउ गर्ने क्रममा प्रहरीको कुकुरले ति अपराधीलाई आक्रमण गरेको थियो र उनी सामान्य घाइते भएका थिए । उनलाई पेन्सिलभेनियाको एउटा ग्रामीण इलाकाबाट पक्राउ गरिएको थियो । जेलबाट भागेपछि उनले चोरीको राइफल बोकेर झाडीमा बसेका थिए ।
त्यति ठुलो फोर्सले घेरा हाल्दा समेत उनले आत्मसमर्पण गर्न इन्कार गरेका थिए र भाग्ने कोसिस गरेका थिए र भाग्ने क्रममा प्रहरीले कुकुर लगाएर समातेको थियो ।
उनी आफनो प्रेमिकाको हत्याका दोषी आरोपी थिए । उनले आफनो छोराछोरीको अगाडी नै प्रेमिकालाई कयौ पटक चक्कु प्रहार गरेका थिए । उनी ३१ अगष्ट मा जेलबाट भागेका थिए ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...