अमेरिका-अमेरिकी राष्ट्रपतिको निर्वाचनमा राष्ट्रपतिका उम्मेदवार बनेर चर्चामा आएका भारतीय मुलका विवेक रामास्वामीको यो भनाईले एउटा तरंग ल्याइदिएको छ । उनी अहिले रिपब्लिकन पार्टिको तर्फबाट राष्ट्रपतिको उम्मेदवारमा डोनाल्ड ट्रम्पपछि चर्चामा छन् ।उनले आफु २०२४ को राष्ट्रपति निर्वाचनमा जित हासिल गरेमा ७५ प्रतिशत सरकारी कर्मचारीलाई कामबाट हटाउने घोषणा गरेका छन् । उनले एफबिआई जस्ता कयौ प्रमुख एजेन्सीको बन्द गराउने समेत बताएका छन् ।
उनले एउटा अमेरिकी न्युज च्यानलमा लिइएको अन्तर्वातमा उनले चार वर्षमा २२ लाख कर्मचारीमा ७५ प्रतिशतर्लाई हटाउने रहेको छ । यो भने झन्डै १६ लाख कर्मचारीको जागीर जानेछ । यसले बजेटमा अर्बो डलरको बचत हुने उनको दाबा छ ।
गएको २३ अगष्टमा रिपब्लिकन राष्ट्रपतिय उम्मेदवार बीचको एउटा डिबेट पछि रामास्वामी तर्फ अमेरिकीहरुको ध्यान खिचिएको छ ।
अमेरिकाको संघीय सरकारमा झन्डै २२ लाख ५० हजार कर्मचारी कार्यरत रहेको अनुमान छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected