टेक्सस-टेक्ससको फोटवर्थ बस्ने एक नेपाली परिवारलाई यो ठुलो समस्या आइलागेको छ ।
घरकै मुली बोन म्यारो क्यान्सरले ग्रस्त भई लामो समय देखि अस्पतालको बास भएपछि श्रीमति र दुई छोराछोरीको अवस्था दयनिय बन्न पुगेको छ । ४० वर्षिय तारा विष्ट बोन म्यारो क्यान्सरका कारण जेपिएस अस्पतालको बेडमा छन् भने श्रीमति रुपा पौडेल विष्ट श्रीमानको कुरुवा भएर बसेकी छिन् । त्यही माथि ३ र १३ वर्षका छोराछोरीको जिम्मेवारी रुपाको काधमा छ ।
हालै मात्रै नया घर किनेर सरेका यी परिवार माथि यो बज्रपात भएको छ । घरको मर्गेज तिर्नु परिरहेको छ । बैक खाता र क्रेडिट काडमा पैसा छैन । तेस्रो स्टेजको बोन म्यारो क्यान्सरको उपचार गराइरहेका श्रीमान तथा दुई साना छोराछोरीको हेरचाहमा समय दिनुपर्दा रुपाले काम गर्न पाएकी छैनन । नया घरको मर्गेज तिर्ने देखि दैनिक जीवन चलाउन यो परिवारलाई अहिले मुस्किल भएको छ ।
इन्सुरेन्सले अस्पतालको रेडिएसन थेरापीलाई त कभर गरेको छ तर अन्य खर्च र घर चलाउन रुपालाई निकै मुस्लि भएकाले सबैको साथ र सहयोग चाहिएको छ । पीडामा रहेको यो परिवारलाई सहयोग गर्ने हातहरुको खाचो रहेको छ र गोफन्डमा सहयोग गर्न भनिएको छ । सहयेागका लागी लिंक तल छ
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...