डाका कार्यक्रम अबैध भएकेा अमेरिकी संघिय अदालतकेा फैसला
अमेरिका-अमेरिकी अदालतले सानैमा अमेरिका आएका बालबालिकाका लागी ल्याइएको डाका कार्यक्रम अबैध भएको फैसला गरेको छ
टेक्ससको हयुस्टनका संघीय न्यायधिसले बाल्यअवस्थामै अमेरिका ल्याइएका बालबालिका लक्ष्ति ठाका कार्यक्रम अवैध ठहर गरेको हो ।
सानामा अमेरिका आएका बालबाबालिका जो अहिले पाका उमेरका भइसकेका छन् ।ऋघिल्लो वर्ष मात्रै बाइडेन सरकारले सानैमा अमेरिका आएका कागजबिहीन आप्रवासीलाई सुरक्षीत र जोगाउने निति ल्याएको थियो । अदालतको यो फैसलाले बाइडेन सरकारलाई निराश तुल्याएको छ । यो डाका कार्यक्रममा सानैमा अमेरिका आएका अवैध आप्रवासीलाई निर्धक्क अमेरिकामा बस्न र काम गर्न अनुमति थियो ।
डाका कार्यक्रमले अमेरिकामा बस्न र काम गर्न अनुमति दिन्छ । डाका कार्यक्रम अन्तर्गत सयको हाराहारीमा नेपालीहरु समेत रहेको बताइएको छ । ओबामा कालमा आएको यो निति विरुद्ध अदालतले गरेको फैसलाले ति सानैमा अमेरिका आएका गैरआप्रवासीको अवस्था अनिश्चित बनेको छ । यसले डाका कार्यक्रम मार्फत अमेरिकामा बस्न र काम गर्न अनुमति पाएका झन्डै ५८ हजार गैरकानुनी आप्रवासी प्रभावित भएका छन् । एउटा तथ्याकमा झन्डै ४ हजार ३ सय दक्षिण एशियाका डाका प्राप्त आप्रवासी छन् ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...