अमेरिका-अमेरिकी राष्ट्रपति जो बाइडेनको राष्ट्रपतिय निर्वाचनको दौडमा यो कानुनी समस्याले बाधा पुग्ने देखिएको छ । गैरकानुनी रुपमा बन्दुक किनेर राखेको अभियोगमा बाइडेनका छोरा हन्टर बाइडेन दोषी ठहरिएका छन् । अमेरिकाको न्याय विभागले यो मामलामा उनलाई दोषी ठहराएको हो । यो घटनामा हन्टर बाइडेनले झुठो बोलेको समेत पृष्टि भएको छ ।
हन्टर बाइडेन माथि एक गन डिलरलाई धोका दिएर गन बेच्न बाध्य पारेको आरोप लागेको हो । डेलवेयर फेडरल कोर्टमा हन्टर बाइडेन विरुद्ध महाअभियोग दायर भएको थियो ।
हन्टर बाइडेन माथि ड्रग्स सेवन देखि अबैध बन्दुक राखेको तीन मामलामा दोषी ठहराइएको छ । समाचार एजेन्सी एएनआईका अनुसार राष्ट्रपतिका छोरा हन्टर माथि यो मुद्धामा २५ वर्ष सम्मको जेल सजाय हुन सक्ने बताइएको छ । उनी माथि अरु कयौ मामलामा अभियोग रहेको छ । ५३ वर्षिय हन्टर बाइडेन माथि ट्याक्स छलीको समेत अभियोग छ

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected