नेपालीहरुले गिनिज बुकमा नाम लेखाउने क्रम बढ्दो छ । विभिन्न प्रतिभा मार्फत नेपालीहरुले विश्व रेकर्ड राख्दै आएका छन् ।
यस्तै लगात्तार तीन पटक गिनिज बुकमा नाम लेखाइसकेका अन्तराष्ट्रिीय पार्कर खेलाडी दिनेश सुनार यतिबेला अमेरिकामा छन् । उनी विश्वमै लोकप्रिय अमेरिकाज गट ट्यालेन्टमा भाग लिन यहा“ आएका हुन । उनी गोर्खाली पार्कर गोइङग टु ग्लोबल नामक कार्यक्रम मार्फत नेपालको प्रतिनिधित्व गदै उनी यता आएका हुन । ब्यालेन्स गु्रप अफ कम्पनीज प्रालिका संयोजक मनोज पन्थीसंगको सहकार्यमा उनी प्रतियोगितामा भाग लिन आएका छन् ।

आगामी शनिवार उनले न्युयोर्कमा अमेरिकाज गट ट्यालेन्टका लागी अडिसन दिने अमेरिकामा उनको कार्यक्रमको संयोजन गरिहेका प्रतिक कर्णले जानकारी दिए । फेरि उनी चौथो पटक विश्व रेकर्डका लागी कोसिस गदैछन् उनले भने–‘अमेरिकाज गट ट्यालेन्टमा आफनो प्रतिभा देखाएर नेपाललाई विश्वमा थप चिनाउन मदत गर्नेछन् ।’

खास गरी ब्यालेन्स गु्रप अफ कम्पनिज प्रालिको तर्फबाट मनोज पन्थी तथा दिनेश सुनारको सहकार्यमा गोर्खाली पार्कर गोइङ ग्लोबल नामक कार्यक्रम संचालक गरेर नेपाललाई विश्वमा चिनाउने पहल भएको छ ।
यतिबेला उनी विश्व चर्चित टिभी कार्यक्तम अमेरिकाज गट ट्यालेन्टका लागी तयारीमा छन् । नेपालको पहिलो राष्ट्रिय जिमन्यास्टिक तथा पहिलो पार्कर खेलाडी हुन ।

मनाेज पन्थीका साथ दिनेश

खोटाङको सामान्य परिवारमा जन्मेका सुनारले सानै देखि जिमन्यास्टिक खेल तर्फ आकर्षित भएका हुन । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएर अर्वाड जितीेकेका उनले ५० भन्दा बढी नेपाली सिनेमामा स्टन्टम्यानको रुपमा अभिनय समेत गरिसकेका छन् ।
अमेरिकाज गट ट्यालेन्टमा छनौट भएर अडिसनमा भाग लिने उनी पहिलो नेपाली पनि हुन । प्रतियोगितामा भाग लिएर उनले चौथो पटक वल्र्ड रेकर्डका लागी प्रयास गर्नेछन्’ ब्यालेन्स ग्रुप अफ कम्पनिजका मनोज पन्थीले बताए ।


उनका अनुसार अमेरिकाका चर्चित सहरहरुमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर स्वदेशी तथा विदेशीको ध्यान केन्द्रित गर्न उनको कला मार्फत नेपालको पर्यटन प्रर्वद्धन कार्यक्तम समेत गर्नेछौ । उनी नेपालमा मात्र हैन विदेशी मिडियामा समेत छाइसकेका छन् । रबर जस्तै शरीर तन्काउदै खेल खेल त्यतिकै जोखिम पनि छ । तर पनि दिनेशले यो खेल मार्फत अन्तराष्टिन्य पहिचान बनाइसकेका छन् । सशस्त्र प्रहरीमा समेत कार्यरत दिनेश पार्कर खेलको लागेको एक दशक भइसकेको छ ।
नेपालमा जिम्न्यास्टिक र पार्कर खेलका लागी व्यवस्था त्यति सहज छैन दिनेश भन्छन– ‘प्रयास गरेको छु, विदेशी खेलाडी सहर तालिम र अवसर पाउने हो भने खेलमा थप अझै केही नया गर्न सक्छु जस्तो लाग्छ ।’

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected