अमेरिका-बेलायतकी दिंवगत राजकुमारी डायनाले लगाएको रातो स्वेटर १ दशमलव १ मिलियन अर्थात ११ करोड भन्दा बढी मुल्यमा विक्री भएको छ ।
रिपोर्ट अनुसार डायनाको ब्ल्याक सिप स्वेटर अमेरिकाको न्युयोर्कमा विक्री भएको हो ।
एउटा फेसन आइकनमा यो स्वीट। विक्री भएको थियो । डायनाको यो स्वेटर प्रिन्स चाल्र्सले पोलो म्याचको दौरान लगाएका थिए । स्वीटर लिलामीका लागी गएको अगष्ट ३१ देखि बोलकबुल भएको थियो । सबैन्दा कम बोली २ लाख डलरको थियो । स्वेटर खरिद गर्नेको पहिचान खुलाइएको छ्रैन । समाचार अनुसार यो सबैभन्दा महंगो स्वेटरको रुपमा विक्री हुन पुगेको छ ।
प्रिसेस डायनाको मुत्यु १९९७ मा भएको थियो । २४ फेब्रुअरी १९८१ मा शाही परिवारले ३२ वर्षका प्रिन्स चाल्र्स संग डायनको मगनी गरेका थिए । त्यसको ठिक ५ महिनापछि दुवै जनाको विवाह भएको थियो विवाहको ११ वर्षपछि दुबै जना एक अर्काबाट छुटिएका थिए । ३१ ऋगष्ट १९९७ मा पेरिसको एउटा सडक दुर्घटनामा प्रिन्सेस डायनाको मुत्यु भएकोल थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected