के थियो कृष्ण लामिछानेले देहत्याग गर्नु पर्नाको कारण ?
टेक्ससका सामाजिक अभियान्ता कृष्ण लामिछानेको निधन भएको पॅाच महिना बितिसकेछ ।
धेरैले युएसनेपाल पोष्टमा कृष्ण लामिछानेको मुत्युको विषयमा केही कुरा आएन भनेर टिकाटिप्पणी गरेको पाइयो । किन लेखिएन युएसनेपालपोष्टमा लामिछाने मुत्यु बारे त्यही भएर आज टेक्ससमै बसेको नाताले र टेक्ससमै कृष्ण लामिछानेले मुत्यु वरण गर्नु भएकाले केही कुरा यी स्रोतबाट फेला पारेकाले उहा उल्लख गर्न चाहन्छु । तर खासमा कृष्ण लामिछाने जो टेक्ससमा बसेर नेपाली समाजका लागी मर्दा र पर्दाको सारथीका रुपमा चिनिन्थे । लामिछानेले देह त्याग गरेपछि सामाजिक संजालमा एकपछि अर्को गदै भिडियो क्लिप र तस्विरमा छरपष्ट भए । जुन केही फोटा र अडियो क्लिप केही महिना अगाडीका थिए ।
परिवार निकट स्रोतका अनुसार कृष्ण लामिछानेका जुन तस्विर जोडेर भिडियो क्लिप बनाइयो त्यो डिसेम्बर महिनाको थियो । जब की कृष्ण लामिछानेले त्यसको ठ्याक्कै तीन महिनापछि अर्थात मार्च २१ को दिन जीवन गुमाएका थिए । लामिछाने बितेपछि नै अडियोहरु बाहिर आउन थालेको निकट स्रोतहरु बताउछन् । यसरी लामीछानेको तस्विर जोडिएको भिडियो क्लिप सुरुमा श्रीमति माला महतलाई दोषारोपण गर्ने प्रपन्चले ल्याइएको थियो । त्यो भिडियोमा धेरैल माला महत र छोरीहरु माथि औला ठडाए । तर भएको के थियो त्यो कसैलाई थाहा थिएन ।
त्यसपछि सोसल मिडियाका न्यायधिसहरु छिनोफानो गर्नमा व्यस्त भए कसैले भने पत्नीको हिंसा सहन नसकेर लामिछानेले देहत्याग गरे । कसैले भने लामिछानेले घर बाहिर परस्त्री संग सम्बन्ध र पैसाको सर्वनासले उनलाई यो अवस्थामा पुरायो भनेर व्याख्य गर्न थाले । ज जसले जे भनेर जीवन गुमाएका स्वर्गिय कृष्ण लामिछाने माथि दोष थुपारे र श्रीमानको मुत्युपछि दुख पीडा र तनावमा रहेकी पत्नी माला महत र दुई छोरीहरु माथि आरोप प्रत्यारोप गरे त्यो न उनिहरुले देखेका छन् नत उनिहरु संग यथेष्ट प्रमाणहरु नै छ ।
यो घटनामा कृष्ण लामिछानेले ज्यान गुमाइसके । श्रीमानको मुत्युपछि सामाजिक संजालमा आएका यी प्रचारबाजीले झनै पत्नी माला महतलाई थप तनाव दिएको होला । बाचेकालाई त हामीले बाच्न दिनुपर्छ । हामी सामाजिक संजालमा भीडमा कुदने बानी लागेकाहरुलाई अर्कोको घर भित्र पसेर यथार्थ के हो जान्न बुझन सक्दैनौ । घरभित्रको कुरा बाहिर दुनियालाई थाहा हुदैन । जति श्रीमान र श्रीमतिलाई थाहा हुन्छ । किनकी घरभित्र के भएको थियो भन्ने कुरा त केवल जीवन गुमाएका कृष्ण लामिछाने र पत्नी माला महत बाहेक हामी अरुलाई थाहा हुने कुरा पनि भएन ।
यसकारण कसैले अरुको घरभित्रको कुरालाई लिएर त सही र त्यो गलत भने छिनोफानो गर्न सक्दैन । कृष्ण लामिछाने मुत्यु प्रकरणमा सुरुमा श्रीमति र छोरीलाई गाली गर्नेहरु पछि कृष्ण लामिछाने प्रति दोषरोपण गदै श्रीमति र छोरीहरु प्रति सहानुभुति राखेको पनि देखियो । यसकारण कसैको घरायसी मामलामा यथार्थ नबुझी जथाभावी बोलर एकपक्षिय दोष थुपार्नु किमार्थ राम्रो हैन ।
समग्रमा कृष्ण लामिछानेको मुत्युपछि एकाएक श्रृखलावद्ध अडियो र फोटोहरु सार्वजनिक गरिनु र परिवारको व्यक्तिगत सुरक्षालाई समेत ख्याल नगरी छरपष्ट पार्नेहरुले पनि येा सोच्नु पर्ने थियो ।
तीन महिना अघिको फोटोमा अडियो क्लिप हालेर सामाजिक संजालमा बजाउन लगाइएछ, लामिछाने निकटका स्रोतले युएसनेपाल पोष्टलाई बताए । कसेले गर्यो ति फोटाहरु सार्वजनिक रु फोटो सार्वजनिक गर्नेहरुले तीन महिना अघि सम्म किन घटनालाई मिलाउन सकेनन भन्ने सवालहरु पनि उठेका छन् । लामिछाने जीवत हुनु अगाडी नै उनका ति तस्विहरु एनआरएनएका केही व्यक्तिहरुको हातमा पुगेका रहेछन भन्ने कुरा विश्वस्त स्रोतबाट पत्ता लागेको छ । त्यतिबेला स्वंय कृष्ण लामिछानेले नै यसरी तस्विर किन व्यक्तिलाई पठाइयो भनेर उनकै नजिकका साथी संग आपत्ती जनाएका रहेछन् ।
देहत्याग गर्नुको कारण
लामिछाने आफैमा गलत थिएनन । सोझा र शालिन प्रवृत्तिका थिए तर उनलाई ट्रयापमा पारिएको रहेछ । लामिछानेलाई “हनी ट्रयापमा” पारेर पैसा कुमाल्ने ति नेपालमा रहेका आमाछोरी नै लामिछानेलाई मुत्युको मुखमा पुराउनमा मुख्य दोषी देखिन्छन् । लामिछाको २०१३ देखि नै ति आमा छोरी संगको सम्बन्धमा जोडिएको हामीलाई उपलब्ध म्यासेज च्याटले देखाउछ । यही परस्त्री संगको सम्बन्ध र पैसाको सर्वनासले लामिछानेको घरपरिवारमा विवाद बढदै गयो ।
एनआरएनए निर्वाचनमा पनि लामिछानेको धेरै पैसा स्वाह भएको छ । त्यसको लेखाजोखा छैन । त्यसपछि नै श्रीमति संगको सम्बन्धमा दरार आएको देखिन्छ । । अन्तमा लामिछानेले विश्वास गरिएका साथीहरुबाट पनि हौसला र साथ पाउन सक्दैनन । अर्को कुरा हामीलाई प्राप्त एउटा स्रोत अनुसार लामिछानेले मुत्यु हुनु दुई महिना अघि पनि नेपालका रहेका परिवारलाई निराशा कुन्ठाको एउटा नोट लेखेको देखिएको छ । उनले त्यहा आफुलाई जे पनि हुन सक्ने भनेर लेखेका छन् । जुन पैसा लेनदेखको विषय छ ।
समाजमा नाम प्रतिष्ठा तथा इज्जत कमाएका लामिछानेलाई इज्जतको डर तथा एकाकीपनले देहत्याग गर्ने बाटोमा पुराउछ ।
तर पनि घटना के हो, कसरी भयो त्यो भने कसैलाई गहिराईमा थाहा छैन । अब दिवंगत लामिछानेकी श्रीमति मालाले श्रीमान कृष्णले किन आत्महत्याको बाटो रोजे के थियो कारण यदि उहाले बोल्न चाहनु भयो भने मात्रै केही कुरा बाहिर आउला ।
सुन्नमा आए अनुसार लामिछाको धेरै पैसा हिनामिला गर्ने नेपालीका मुछिएकी ति महिला कै कारण श्रीमति माला र छोरीहरु ऋणमा डुबेका छन् । त्यो ऋण चुक्ता कसरी गर्ने भन्ने तनावमा अहिले माला र छोरीहरु रहेको बुझन आएको छ । आगोमा घ्यु थप्ने भन्दा पनि माला महतको कुरा पनि बाहिर ल्याउनु पर्छ भन्ने धेरै पाठकको अनुरोधमा हामी उहांसंग सम्पर्क गर्ने कोशिषमा छौ । यो प्रश्न लामिछानको मुत्यु भएको यतिका महिनापछि किन आए यी कुरा भन्ने पनि आउला । धेरै पाठकहरुले लामिछानेको मुत्युको बारेमा केही लेख्नु पर्यो भनेकाले यति कुरा हामीले पाठकहरुकै अनुरोधमा राखेका हौ । आगे यहाहरुको मर्जी ।