अमेरिका-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्ड आइतबार बिहान न्युयोर्क आइपुग्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्ड संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन भोली आइतबार बिहान अमेरिकाको न्युयोर्क आइपुग्ने छन् । उनी कतार एयरको विमानबाट त्रिभुवन विमानस्थलबाट न्युयोर्क प्रस्थान गरिसकेका छन्
महासभाको ७८ औ सत्रमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्वग दै प्रधानमन्त्री आएको पराष्ट्र मन्त्रालयले एक विज्ञप्ती मार्फत जनाएको छ । प्रधानमन्त्री दाहालले सेप्टेम्बर २१ मा महासभालाई संवोधन गर्ने कार्यक्रम तय भएको छ ।
प्रधामन्त्री प्रचन्ड महासभामा सहभागी हुने प्रतिनिधी मन्डलका प्रमुखहरुको सम्मानमा अमेरिकी राष्ट्रपति जो बाइडेनद्धारा आयोजीत स्वागत समारोहमा समेत सहभागि हुनेछन् । वार्ता गर्ने समयमा नभएपनि राष्ट्रपति बाइडेन प्रमुख प्रतिनिधीमण्डल प्रधानमन्त्री प्रचन्ड लगायतलाई स्वागत गर्ने, तस्विर खिचाउने र हात मिलाउने कार्यक्रम मात्रै हुनेछ ।
प्रधामन्त्री प्रचन्ड संगै उनकी छोरी गंगा ,दाहाल पराष्ट्रमन्त्री एनपी साउद, पराष्ट्रसचिव भरतराज पौडेल संयुक्त राष्ट्रसंघका लागी स्थायी प्रतिनिधी लोकबहादुर थापा लगायत सहभागी हुनेछन् ।
राष्ट्रसंघीय महासभालाई संबोधन गरेपछि प्रचन्ड न्युयोर्कबाटै सिधै चीन जाने कार्यक्रम छ । चीनमा उनले चिनिया राष्ट्रपति , प्रधानमन्त्री लगायतका उच्च अधिकारीलाई भेटने कार्यक्रम छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected