टेक्सस -अर्घाखाची नेपाली समाज अमेरिकाको वार्षिक साधारण सभा शनिवार टेक्ससको युलेसमा सम्पन्न भएको छ ।
साधारण सभाले डा केशब भट्रराईको अध्यक्षतामा नया कार्यसमिति समेत चयन गरिएको छ ।
समितिको वरिष्ठ उपाध्यक्ष बालकृष्ण घिमिरे, त्यस्तै उपाध्यक्ष (अमेरिका) दिपु भुसाल, उपाध्यक्ष (क्यानडा) हेमराज पाण्डे, महाचिव अरुण भट्रराई सचिव ऋषी अधिकारी रहेका छन् । त्यस्तै कार्यसमितिका सदस्यहरुमा डा देवेन्द्र बन्जाडे, छवि पाण्डे, हरि घिमिरे, विश्वास भुषाल, सुभाष बन्जाडे, भिम रायमाझी, नारायण पाण्डे, र भोजराज भाट क्षेत्री चयन भएका छन् ।
समितिको सल्लाहकार समितिमा मोहन ज्ञवाली, नेत्रबन्धु पोखरेल, कृष्ण पोखरेल, डा अर्जुन बन्जाडे, राम सि पोखरेल, डा कृष्ण बेलबासे र बाला घिमिरे रहेका छन् ।
क्यानडा तथा अमेरिकाभर छरिएर रहेका अर्घाखाची थातथलो भएका नेपाली समुदायको कार्यक्रममा सहभागीता रहेको थियो । कार्यक्रममा सबै गरि ५ सय जनाको उपस्थिति रहेको बताइएको छ । कार्यक्रमले क्यानडा तथा अमेरिकामा बसोबास गर्ने आम अर्घाखाचीका बासिन्दालाई एक साथ जोडन सेतुको काम गरेको सल्लाहकार समितिका मोहन ज्ञवालीले युएस नेपाल पोष्टलाई बताए । आगामी साधारण सभा तीन वर्षपछि भर्जिनियामा हुने समेत तय भइसकेको छ ।

तीजको दर तथा वनभोज कार्यक्रम
यसै बीच अर्घाखाची नेपाली समाजले नेपाली दिदिबहिनीहरुको चार्ड हरितालिका तीजको अवसर पारेर तीजको दर खाने कार्यक्रम र रमाइलो सांगीतिक कार्यक्रम समेत गरेको थियो । कार्यक्रममा नेपाली चेलीबेटीहरुले विभिन्न गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected