२०२४ पछि अमेरिकामा एचवाबी अर्थात कामदार भिसा बन्द गरिने घोषणा
अमेरिका-विदेशी कामदारका लागी ल्याइएका अमेरिकाको कामदार अर्थात (एचवान बी) भिसा कार्यक्रम बन्द हुने बताइएको छ ।
यो कामदार भिसा, नेपाल भारत चीन लगायत दक्षिण एशियालीहरु मझ लोकप्रिय मानिन्छ ।
अघिल्लो वर्ष २०२४ को राष्ट्रपतिको निर्वाचन पछि यो लोटरीमा आधारित कामदार भिसा समाप्त गर्ने भारतीय मुलकै रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका विवेक रामास्वामीले घोषणा गरेका हुन ।य उनले राष्ट्रपति जितेर सत्तामा पुगेपछि यो भिसा समाप्त गर्ने बताएका हुन ।
यसको ठाउमा विशेष योग्यताको आधारमा विदेशी कामदारलाई अमेरिका प्रवेशको सिस्टम ल्याउने बताएका छन् ।
एचवान भिसा आइटी प्रोफेसनल माझ निकै लोकप्रिय रहेको छ । यो गैरआप्रवासी एचवान भिसाले अमेरिकी कम्पनीहरुमा विदेशी कामदारलाई काम गर्न र अमेरिकामा बस्न अनुमति दिन्छ ।
उनको यो भनाईमा अमेरिकी संस्था इमिग्रेसन वायसले पनि सहमति जनाएको छ । अमेरिकाले हरेक वर्ष ६५ हजारलाई यो कामदार भिसा दिदै आएको छ । त्यस्तै २०हजार अमेरिकामै डिग्री हासिल गरेकालाई दिने गरेको छ ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















