अमेरिका-अमेरिकाको वासिंगटनको सियाटलमा प्रहरीको गाडीको ठक्करबाट ज्यान गुमाएका भारतीय छात्राको न्यायका लागी सियाटलमा प्रदर्शन गरिएको छ ।
अमेरिकामा रहेका दक्षिण एशियाली समुदायले जानबी कुन्डलाको मुत्यु भएको स्थानमा भेला भएर प्रदर्शन गरेका हुन । प्रदर्शनमा जानवीको मुल्य सियाटल प्रहरीको भन्दा अधिक, जानवीलाई न्याय दे, प्रहरी अधिकारीलाई सजाय दे जस्ता स्लोगन लेखिएको ब्यानर बोकेर प्रदर्शन गरिएको थियो ।
पछिल्लो समय झनै ति प्रहरी अधिकारीलाई बचाउन खोजिएपछि झनै तनाव बढाएको छ । ठक्कर दिने प्रहरीको गैरजिम्मेवार अभिव्यक्ति सहितको भिडियो र फेरि उनको बचाउमा प्रहरी प्रशासन लागेपछि आक्रोस बढेर गएको हो ।
भारतीय लगायत दक्षिण एशियाली र अमेरिकन समुदाय समेत आक्रोसित बनेका छन् । प्रदर्शनका क्रममा जानवीको न्यायका लागी माग गरेका छन् । प्रदर्शनमा सामेल भएकाहरुले सियाटलका मेयर र अन्य वरिष्ठ अधिकारीहरु संग पनि भेटघाट गरेका छन् ।
गएको जेनवरीमा सियाटलको एउटा प्रहरीको गाडीले जानवीलाई ठककर दिएपछि ज्यान गएको थियो । ठक्कर दिने प्रहरीको आपत्तीजनक भिडियो बाहिरिएपछि घटनाले उग्र रुप लिएको हो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected