अमेरिका-साच्चै भन्ने गरिन्छ नि मान्छेको भाग्य बदलिन बेर लाग्दैन । कतिबेला भुई मान्छे करोडौको मालिक पनि बन्न सक्छ । यही भाग्य बदलिएर अमेरिकाका यी बृद्ध अवस्थाका ७७ वर्षिय बाल्डेमर नामका व्यक्तिको यहा भाग्य यसरी नै बदलिएको छ ।
कोलोराडाका यी ७७ वर्षिया वृद्धाले कोलोराडो लोटरीबाट ५ मिलियन डलर जित्न पुगेका छन् । अचम्म कुरा के छ भन्दा उनले लोटरी जितेको पैसाले सबैभन्दा पहिला आफनो पत्नीलाई वाटर मिलन र फुल किनेका थिए । जुन सोसल मिडियामा निकै चर्चा भएको थियो ।
उनी हरेक महिना कोलोराडो लोट्टो पल्स लोटरी खेल्दै आएका थिए । यसपटक भने उनको भाग्य यसरी चम्किएको हो ।
आफनो रिटायर्ड लाइफ बिताइरहेका उनलाई यो लोटरीले फेरि चम्काइदिएको छ । यात्रा गर्ने सौखिन उनी प्राय ६ महिना एरिजोना र ६ महिना कोलोराडोमा बस्दै आएका थिए । कतै यात्रामा निस्केका उनी लोटरीको नम्बर वेभसाइटमा गएर चेक गर्दा उनी हैरान भए । उनले सुरुमा पत्ताएनन् केही गल्ती हुन सक्छ भने । तर पछि उनले आफुले नै लोटरी जितेको स्पष्ट भयो । आफनो पत्नीको सर्जरी गर्ने तयारीमा थिए , यही बेला यति ठुलो राशीको लोटरी लागेपछि पति पत्नी अहिले निकै खुशी छन्
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...
-
डोनाल्ड ट्रम्पले २०२४ को ...