अमेरिकाको लडाकु विमान बेपत्ता भएपछि खोज्न अमेरिका जनता संग गुहार

विश्वकै अत्याधुनि मानिएको अमेरिकाको एफ ३५ लडाकु विमान दक्षिण क्यारोलिनाबाट बेपत्ता भएको छ ।
विमान बेपत्ता भएपछि करोडौ डलरको बेपत्ता विमान खोजीका लागी सहयोग गर्न अमेरिकी सैन्य अधिकारीले अपिल गरेका छन् । यो नया र अत्याधुनिक लडाकु विमान खोज्न आपतकालिन टिम तैनाथ गरेर खोजी जारी राखिएको छ । यो विमान दुर्घटना पछि बेपत्ता भएको हो । विमान हिजो आइतबार दिउसो देखि बेपत्ता भएको बताइएको छ ।
उक्त विमानका पाइलट भने इमरजेन्सी मार्फत बाहिर निक्लेका थिए । फक्स न्युजका अनुसार उनको गंभीर अवस्थामा उपचार भइरहेको छ ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected