अमेरिकामा लुकेकी भनिएकी कालिकोट तिलागुफाकी उपमेयर दर्शनाले प्रधान्मन्त्री प्रचन्डलाई भेटिन
अमेरिका-अमेरिका आएर यतै लुकेकी भनिएकी कालिकोट नगरपालिकाकी तत्कालिन उपमेयर दन्ता नेपाली अर्थात दर्शना नेपाली अहिले अमेरिकाको न्युयोर्कमा प्रधानमन्त्री प्रचन्डलाई भेटेकी छिन् ।
उनले आफनै फेसबुक पेजमा प्रधानन्त्री प्रचन्डलाई भेटेको तस्विर सार्वजनिक गरेकी हुन । उनलाई २०१९ को अक्टोबर १७ मा नेपालको नगरपालिका संघले अमेरिका भ्रमणका लागी पठाएको थियो । एक साताका लागी अमेरिका भ्रमणलाई पठाइए पनि उनी त्यसता अमेरिकामा बसिन । नेपाल फर्किनन । एक साताका लागी पठाइएकी उनी पाच वर्षदेखि अमेरिकामै छिन् । तत्कालिन समयमा नेपाल नफर्केपछि उनको निकै आलोचना भएको थियो । उनी उपमेयर पदबाट राजीनामा नदिई अमेरिका आएकी थिइन ।
धेरैले विरोध गरेपछि स्वास्थय समस्याका कारण फर्कन नसकेको स्पष्टीकरण दिएकी थिइन । उनले अहिले सम्म उनले आफुलाई लागेको रोग बारे भने केही सार्वजनिक गरेकी छैनन । त्यतिबेला उनले आफनो फेसबुक मार्फत आफु बिरामी भएर नेपाल फर्किन नसकेको र उपचारका लागी लागी अझै पाच महिना लाग्ने बताएकी थिइन । तर अहिले पाच वर्ष बितिसके पनि उनी अमेरिकामा नै छिन् ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...