अमेरिका-अमेरिकाले नागरिकता दिवसको अवसरमा आगमी शुक्रबार सम्म ६ हजार ९ सय आप्रवासीलाई अमेरिकाको नागरिकता प्रदान गदैछ ।
अमेरिकाको नागरिकता तथा आप्रवासन सेवाले एक सुचना जारी गदै यी नया आप्रवासीहरुलाई स्वागत गदै अमेरिकाको नागरिकता तथा संविधान दिवस मनाउने बताएको हो । यो नागरिकता प्रदान र सपथ ग्रहण सेप्टेम्बर १७ देखि सुरु भएकोमा सेप्टेम्बर २२ सम्म जारी रहने युएससिआइएसले जनाएको छ । अमेरिकाको नागरिकता वितरणका लागी युएससिआइएसले अमेरिकाभरि १३० बढी नागरिकता वितरण केन्द्र संचालन गरेर आप्रवासीहरुलाई अमेरिकी नागरिकता बाडन लागेको हो ।
खास गरि आप्रवासीहरुलाई अमेरिकाको नागरिकताको बारेमा सचेतना जोगाउन, संविधान बारे प्रतिबद्धता जनाउन तथा अमेरिकाको लोकतन्त्रमा सहभागीका लागी यसरी अमेरिकाको युएससिआइएसले यस्तो कार्यक्रम गरेको हो । वर्षेनी अमेरिकाको नागरिकता लिने नेपालीहरुको संख्या पनि बढदो छ । एक तथ्यांक अनुसार झन्डै ८० हजारको हाराहारीमा नेपालीहरुले अमेरिकाको नागरिकता लिइसकेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected