अमेरिकाको फलोरिडामा एक आमाले आफनै बच्चीलाई खेलौना जस्तै आकाश माथि फाल्न थालिन । ति अबोध बच्चीलाई उचालेर यति धेरै माथि आकाश माथितिर फालेपछि ति बच्चीको हात भाचिन पुग्यो ।
न्युयोर्क पोष्ट तथा फक्स न्युचको समाचार अनुसार फलोरिडाको डेटोना काउन्टीको एउटा बार बाहिर नसको सुरमा बच्ची माथि यस्तो हर्कत गरेपछि बाल शोषणको अभियोगमा दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा १९वर्षिया ब्रियाना लोफो र २० वर्षिया सियारा न्युओल रहेका छन् । प्रहरीले ब्रियानालाई हत्या अभियोगमा मुद्धा लगाएको छ भने अर्केी सियारालाई भने पक्राउ पछि रिहा गरेको छ ।
रिलिज भएको भिडियोमा ति बच्चीलाई उल्टो बनाउदै हावामा अघि पछि झन्डै ४ फिट फ्याकेका थिए । अर्को पसलबाट भिडियो रेकर्ड गरिएको थियो । भिडियो रेकर्ड गर्नेलाई ज्यान मार्ने धम्की उनिहरुले दिएका छन् । सिसिटिभी क्यामेरामा कैद भएको फुटेज तिनिहरुले बच्ची माथि गरेको हर्कत ज्यादै निराश बनाउने खालको थियो ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...
-
डोनाल्ड ट्रम्पले २०२४ को ...