पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड जुनियर को एक्स अर्थात ट्वीटर अकाउन्टमा डोनाल्ड ट्रम्पको निधन भएको पोष्ट भएको छ । डोनाल्ड जुनियरको एक्स अकाउन्टमा शेयर भएको एउटा ट्वीटमा लेखिएको छ मलाई यो घोषणा गर्दा दुख लागेको छ कि मेरो पिता डोनाल्ड ट्रम्पको निधन भएको छ । र म २०२४ को राष्ट्रपति पदका लागी चुनाव लडनेछु । डोनाल्ड जुनियरको एक्स अकाउन्ट ह्याक भएको हुन सक्ने बताइएको छ ।
‘समाचार एजेन्सीका अनुसार उनको अकाउन्टमा लगात्तार आपत्तीजनक र भ्रम फैलाउने यस्तै पोष्टहरु पोष्ट भइरहेको छ । डोनाल्ड ट्रम्प देखि वर्तमान राष्ट्रपति जो बाइडेनलाई लिएर पनि कयौ केही पोष्ट शेयर भएको छ । अहिलेसम्म यो अकाउन्ट ह्याक भएको बारे केही जानकारी दिइएको छैन । तर यो सबै खबर भने झुठो भएको बताइएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected