अमेरिकाको न्युयोर्कको म्यानहटनमा नेपाली झन्डा फहराइएको छ ।
विदेशमा आफनो देशको झन्डा फरफर्राउदा कुन नेपालीको मन गर्वले नफुल्ला र ? त्यो पनि विश्वप्रसिद्ध aaअमेरिकाको न्युयोर्कको मुटु म्यानहटनै नेपालको झन्डा फहराउदा ।
न्युयोर्कका मेयर एरिक आदम्सले म्यानहटनको बाउलिन ग्रिनपार्कमा नेपालको संविधान दिवसको अवसर पारेर झण्डोत्तलन गरे । न्युयोर्कका मेयर समेत नेपाली ढाका टोपीमा सजिएका थिए । टेक्ससपछि धेरै नेपाली रहेको अनुमान गरिएको न्युयोर्कमा उक्तम समारोहमा धेरै नेपालीहरुको सहभागिता रहेको थियो । उक्त झन्डा फहराउने कार्यक्रमको संयोजन माइनोरिटी इम्पावरमेन्ट नेटवर्कका संस्थापक श्याम कार्कीले गरेका थिए । यो एउटा ऐतिहासिक र नेपालीका लागी गर्व गर्ने लायकको क्षण रहेको थियो ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...
-
डोनाल्ड ट्रम्पले २०२४ को ...