अमेरिकाको एक जना सबैभन्दा बढी उमेरकी फेडरल जज पौलिन न्युमेनलाई मानसिक स्थिति ठिक नभएको भन्दै सेवाबाट निलम्बन गरिएको हो । उनको उमेर ९६ वर्ष रहेको छ ।
अमेरिकाको न्यायिक परिषदलेले चुनेको न्युरोलोजिस्ट तथा मनोचिकित्सकद्धारा परीक्षण गर्न इन्कार गरेकी थिइन । त्यसपछि नै उनलाई निलम्बन गरिएको हो । एक वर्षका लागी उनलाई निलम्बन गरिएको छ । फेरि पनि उनले परीक्षणका लागी इन्कार गरे निलम्बनको प्रकृया थप अगाडी बढन सक्ने बताइएको छ । उनी माथि सम्झने शक्तिमा कमी, र महत्वपुर्ण मानसिक समस्याको सामना गरिरहेको उल्लेख छ । उनले कामको चाप कम हुदा समेत कोर्टको फैसला सुनाउनमा चार गुना ढिला गर्ने गरेको आरोप छ ।
१९२७ मा जन्मेकी उनले एल युनिभर्सिटीबाट रसायन विज्ञानमा पीएचडीको उपाधी र पछि कानुनी विशेषज्ञ बनेकी थिइन । उनले १९८४ मा फेडरल सर्किटका लागी कोर्टमा नियुक्त गरिएको थियो ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...
-
डोनाल्ड ट्रम्पले २०२४ को ...