टेक्सस-अमेरिकाको सरकारले जनघणनाको विभागले आज जारी गरेको नया तथ्यकमा अमेरिकामा बस्ने नेपालीहरुको जनसंख्या हवात्तै बढीरहेको देखाएको छ ।
२०२० मा लिइएको जनघणनाको आधारमा आज सार्वजनिक भएको तथ्यांकमा अमेरिकामा २ लाख १९ हजार ५ सय ३ रहेको छ ।
सबै भन्दा बढी नेपाली रहेको राज्य टेक्सस बन्न पुगेको छ । टेक्ससमा २८ हजार ६ सय ६३ नेपालीको जनसंख्या रहेको छ । टेक्सस पछि दोस्रो न्युयोर्कमा २३ हजार ७७ रहेको अमेरिकी जनघणनाको तथ्यांकले देखाएको छ । तेस्रो नम्बरमा ओहोया रहेको छ । ओहोयोमा नेपाली जनसंख्या २१ ह्जार ५ सय ६७ रहेको छ ।
क्यालिर्फोिर्नयामामा १९ हजार ६ सय र मेरिल्यान्डमा १० हजार ५ सय ३८ रहेको छ । २०१० पछि छिटो गतिमा जनसंख्या वृद्धिद्धर नेपालीहरुको बढीरहेको एशियाली समुह हो ।
अमेरिकी सरकारको जनघणना तथ्यांकमा भारतीय अमेरिकीको संख्या अधिक देखिएको छ । २०२० मा भारतीयहरुको जनसंख्या ५० प्रतिशतले बढेको देखाएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected