अमेरिकी राष्ट्रपति जेा बाईडेन संग प्रधानमन्त्री प्रचन्डकेा भेट
अमेरिका-अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र अमेरिकी राष्ट्रपति जो बाइडेन बीच भेटघाट भएको छ ।
संयुक्त राष्ट्र संघको महासभामा भाग लिएका आएका प्रधानमन्त्री प्रचन्ड संगै रहेक िछोरी गंगा दाहाल पनि सहभागि रहेकी थिइन । प्रधानमन्धी प्रचन्डले राष्ट्रपति बाइडडेन र प्रथम पहिला जिल बाइडेनलाई भेटका क्रममा नेपाली पहिरन दौरा सुरुवाल र ढाका टोपीमा सजिएका थिए । उक्त अवसरमा प्रधानमन्त्री प्रचन्डलाई हात मिलाएर राष्ट्रपति बाइडेनले स्वागत गरेका थिए । भेटका क्रममा प्रधानमन्त्री दाहाल र राष्ट्रपति बाइडेन बीच दुई देश बीचको बारेमा सामान्य कुराकानी समेत भएको बताइएको छ ।
उक्त अवसरमा राष्ट्रपति जो बाइडेन, प्रथम महिला जिल बाइडेन संग प्रधानमन्त्री प्रचन्ड र छोरी गंगा दाहालले तस्विर समेत खिचाएका थिए । प्रधानमन्त्री प्रचन्ड अफिसिलयल फेसबुक पेजमा तस्विर शेयर गदै लेखेका छन् अमेरिकी राष्ट्रपति महामहिम जो बाइडेन र श्रीमति बाइडेनलाई न्यानो स्वागत तथा आतिथ्यताका लागी हार्दिक आभार र धन्यवाद
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...